प्रिमियर लिगमा सिटीको कीर्तिमान !
बिहिबार, असार २५, २०७७खेलपाटी संवाददाता

एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा नयाँ कीर्तिमान बनाएको छ ।
प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति न्युकासल युनाइटेडविरुद्ध ५-० को जितसँगै सिटीले कीर्तिमान बनाएको हो ।
न्युकासलसँगको खेलपछि सिटीका पाँच खेलाडीले एकै सिजन १० भन्दा बढी गोल गर्न सफल भए । जुन प्रिमियर लिगमा नयाँ कीर्तिमान हो ।
यस अघि कुनैपनि टिमका पाँच खेलाडीले एकै सिजन १० गोलको आँकडा पुरा गर्न सकेका छैनन् ।

यस सिजन सिटीका सर्जियो अग्युरो, रहिम स्ट्रर्लिङ, ग्राबियल जिसस, केभिन डी ब्रुएन र रियाद महरेजले १० भन्दा बढी गोल गरेका छन् ।
अग्युरोले यस सिजन सिटीका लागि सर्वाधिक १६ गोल गरेका छन् । यस्तै स्ट्रर्लिङले १३, जिसस र ब्रुएनले समान ११/११ र महरेजले १० गोल गरेका छन् ।
यस सिजन प्रिमियर लिगको उपाधि लिभरपुलले जितिसकेको छ ।
सिटी भने लिगको दोस्रो स्थानमा रहेको छ ।













