एटलान्टा शीर्ष तीनमा
बिहिबार, असार २५, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एटलान्टाले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा एटलान्टाले साम्पडोरियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा खेलको ७५ औं मिनेटमा राफेल टोलोईले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा लुइस मुरिएलले गोल गर्दै एटलान्टालाई २-० को जित दिलाए ।
जितसँगै एटलान्टा लिगको तेस्रो स्थानमा उक्लिएको छ । एटलान्टाले ३१ खेलमा ६६ अंक जोडेको छ ।
पराजित साम्पडोरिया ३२ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
सिरी 'ए' अन्तर्गत नै नापोलीले जिनोआलाई २-१ ले हराएको छ ।
यस्तै रोमाले पर्मालाई २-१ ले नै हराएको छ ।













