एजेन्सी । म्यान्चेष्टर युनाईटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा टोटेनहम हट्स्परलाई आमन्त्रण गर्दै गर्दा पक्कै दबाबको महशुश गर्नेछ ।
टोटेनहमविरुद्ध घरेलु मैदानमा म्यान युको रेकर्ड राम्रो छ । तर,गत साता ब्राइटन एण्ड होभ आल्बियनसंगको नमिठो हारले प्रशिक्षक जोशे माउरिन्होलाई तनाव दिएको छ ।
क्लबका पदाधिकारीसंगको सम्बन्धले माउरिन्हो उसै पनि दबाबमा छन् । तर,खुसीको कुरा केही राम्रा खेलाडीले आगमनले म्यान युले लय समात्ने अपेक्षा गरिएको छ । सायद त्यसको पहिलो सिकार टोटेनहम हुने सक्नेछ ।
उसैपनि उपाधि जित्ने लक्ष्य सहित ठुलो पैसा खर्चिएको टोट्नह्यामलाई रोक्न म्यान युलाई सजिलो भने हुने छैन् । म्यान यु स्टार एलेक्सिस साञ्चेज टोलीमा फर्कन सक्नेछन् । ब्राइटनविरुद्धको खेलमा उनले चोट बोकेका थिए । नेमान्जा म्याटिच र एन्टोनियो भ्यालेन्सिया समेत चोट मुक्त हुदै खेलमा फर्कन सक्नेछन् ।
टोटेनहमका प्रशिक्षक माउरिसियो पोचेटिनोलाई सन ह्युङ मिनको अनुपस्थिती खट्किन सक्छ । उनी अहिले एसियन गेम्सका लागि दक्षिण कोरियाबाट प्रतिस्पर्धा गरिरहेका छन् । भिक्टोर वानयामा चोट मुक्त हुदै मैदान फर्किएका छन् । तर उनी म्यान युविरुद्धको खेलमा उत्रने सम्भावना कम छ ।
म्यान यु प्रशिक्षक जोशे माउरिन्होले ब्राइटनविरुद्धको खेलमा गरेको गल्तीको मुल्य चुकाउनु परेको स्विकार गरे । ‘यदी तिमी टोटेनहम जस्तो राम्रो टिमविरुद्ध जित निकाल्न चाहन्छौ भने तिमीलाई गल्ती गर्ने छुट छैन ।’ उनले भने ।
टोटेनहमका प्रशिक्षक पोचेटिनोले आफुहरु ठुलो क्लब बन्नेतर्फ गईरहेको स्विकार्दै त्यसका लागि उपाधि महत्वपुर्ण हुने बताए । उनले भने, ‘हामी जितकालागि खेल्नेछौ । हामी राम्रो नतिजामा ल्याउनेछौ । तर त्यतिले मात्र पुग्नेछैन ।’
तेस्रो चरणको सबै भन्दा ठुलो म्याचमा म्यान यु र टोटेनहम भिड्दैछन् । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।