काठमाडौं । पाँचौ कर्पोरेट इन्डोर क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार श्री एअरलायन्स, सिटिजन्स बैंक र एनएमबि बैंकले जित हात पारेका छन् ।
कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेटमा सिटिजन्सले सानिमा हाइड्रोलाई १२४ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको सानीमाले -७ रन बनाएको थियो । जवाफमा सिटिजन्सले ११७ रन बनायो।
यस्तै एनएमबिले डबलडब्लुएफलाई २४ रनले पराजित गर्यो । पहिले ब्याटिंग गर्दै एनएबिले १०७ रन बनाएको थियो । जवाफमा डब्लुडब्लुएफले ८३ रन मात्रै बनाउन सक्यो।
त्यस्तै श्री एअरलायन्सले एनआईबिएल एसलाई ४४ रनले पराजित गर्यो । पहिले ब्याटिंग गर्दै एनआईबिएलले ७८ रन बनाएको थियो । जवाफमा श्रीले १२३ रन बनायो ।