काठमाडौं । ओलम्पिक छनोट खेल्ने महिला राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएको छ । सन् २०२० मा जापानमा हुने ओलम्पिक छनोट खेल्ने महिला टिमले आजबाट प्रशिक्षण सुरु गरेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षणमा ४७ खेलाडीलाई बोलाएको छ । महिला लिग र मोफसलका प्रतियोगिताका गरेको प्रर्दशनका आधारमा एन्फाले महिला खेलाडीको प्रशिक्षण सातदोबाटोको एन्फा टेक्निकल सेन्टरमा सुरु गरेको हो । नेपाली महिला टिमको मुख्य प्रशिक्षकमा हरि खड्का रहेका छन् ।
ओलम्पिक छनोट अन्तर्गत नेपाली टिम समूह सी मा रहेको छ । नेपालले छनोटमा भारत सहित बङ्गलादेश र म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।
विभागीय खेलाडीको बर्चस्व रहेको प्रशिक्षणमा एपीएफबाट १९, नेपाल आर्मीका १३ र पुलिसबाट १० खेलाडी छन् । रौतहटबाट ३ र अन्यमा २ खेलाडी छन् ।
प्रशिक्षणमा बोलाइएको खेलाडी :
उषा नाथ, धिमकुमारी गुरुङ, अमृता जैशी, निरु थापा, सिर्जना खड्का, निर्मला विके, मेनुका गिरी, दिपा न्यौपाने, रुपा मगर, मञ्जु गुरुङ, एन्जिला सुब्बा, हिराकुमारी भुजेल, गिता राना, मनमाया लिम्बु, रञ्जना दर्जी, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, मञ्जली कुमारी योञ्जन र सावित्रा भण्डारी रहेका छन् ।
यस्तै अजिता केसी, अनु लामा, कृष्णा खत्री, रुपा राणा मगर, निशा थोकर, रेखा पौडेल, तारा थिङ, सिर्जना चेम्जोङ, मञ्जु दोङ, अन्जना राना मगर, पुनम जर्घा मगर, सुनिता चौधरी, कविता धिमाल, बिमला बिके, इन्दिरा राई, पुजा राना, विमला चौधरी र सर्मिला थापा टोलीमा छन् ।
दिपा राई, लिला लाम्गाडे, लक्ष्मी नेपाल, सपना लामा, समिक्षा घिमिरे, बसन्ती नाथ, रस्मी कुमारी घिसिङ, दिपा अधिकारी र शशिकला तामाङलाई समेत प्रशिक्षणमा सहभागि गराईएको छ ।
प्रशिक्षणमा रहेका खेलाडीबाट एन्फाले राष्ट्रिय महिला टिम तयार गर्नेछ । ओलम्पिक छनोट अगाडी नेपाली महिला टिमले चीन र हङकङमा समेत अभ्यास म्याच खेल्ने एन्फाले जनाएको छ ।