मोरङ । भारतको आग्रामा आयोजना हुने ४६ औं यू-१८ एसियन स्कुल च्याम्पियनसिपका लागि नेपालले प्रारम्भिक चरणमा २४ खेलाडी छनोट गरेको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट २४ खेलाडी छनोट गरेका हुन् । विराटनगरमा प्रशिक्षण गरिरहेका नेपालले अन्तिम चरम २० खेलाडी छनोट गर्नेछन् ।
प्रशिक्षणमा रहेका यू -१८ टोलीले मोरङ ११ संग छनोट मैत्रिपुर्ण म्याच खेल्नेछ । सोही खेलपछि अन्तिम टोलीको टुङ्गो लाग्नेछ ।
प्रशिक्षणमा रहेका २४ खेलाडी :
गोलकिपर : सुर्य अधिकारी, विष्णु कुमार केसी, बिशाल सुनार, आकाश रानाभाट
डिफेन्स : विकास खवास, नविन गुरुङ, राजन गुरुङ, असिम गुरुङ, पवन शाही, रन्दिप पौडेल, संजित राई
मिडफिल्डर : नितिन थापा, मनिष थापा, जय गुरुङ, सेसेहाङ्ग आङदेम्वे, सुरज ज्यू ठकुरी, अनिल महर्जन, विवेक राई
स्ट्राइकर : दिनेश हेम्जन, बुद्ध बल तामाङ्ग, दर्शन गुरुङ, ऋतिक खड्का, अनुप गुरुङ, टिका गुरुङ,