एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले नव प्रवेशी क्लब वुल्भ्ससंग बराबरी खेलेको छ । वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा म्यान्चेष्टर सिटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि खेलको ५७ औ मिनेटमा विली बोलीको गोलमार्फत वुल्भ्सले अग्रता लिएको थियो । ६९ औ मिनेटमा लापोर्टीको गोलमार्फत सिटीले खेल बराबरी गर्न सफल भयो ।
तर,थपिएको अन्तिम ५ मिनेटमा समेत दुवै क्लबबाट गोल हुन नसकेपछि सिटीले अंक बाड्न बाध्य भएको हो । सिटीले ३ खेलबाट ७ अंक जोडेको छ । समान खेलबाट वुल्भ्सले २ अंक जोडेको छ ।
यो बराबरीसंगै सिटीले ३ खेलबाट ७ अंक जोडेको छ । र, सिटी शीर्ष स्थानमा रहेको छ ।सिटीले अघिल्ला दुई खेल जितेको थियो । वुल्भ्सको यो दोस्रो बराबरी हो । वुल्भ्सले ३ खेलबाट २ अंक जोडेको छ ।