काठमाडौं । पाँचौ संस्करणको कर्पोरेट इन्डोर क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिन ७ खेल सम्पन्न भएका छन् । कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेटमा जारी प्रतियोगितामा आज ई-सेवा र डब्लुडब्लुएफले दोहोरो जित निकालेका छन् ।
पहिलो खेलमा जित दर्ता गर्ने क्रममा डब्लुडब्लुएफले वर्ल्ड लिंकलाई ३२ रनले पराजित गर्यो। दिनको दोस्रो खेलमा डब्लुडब्लुएफले दोस्रो जित हात पार्ने क्रममा माछापुच्छ्रे बैंकलाई ७१ रनले पराजित गर्यो।
डब्लुडब्लुएफकालागि पहिलो खेलमा दिपक उपाध्याय तथा दोश्रो खेलमा शैलेश भट्टराई एक्सप्रेस मार्ट म्यान अफ द म्याच घोषित भए।
दोश्रो खेलमा मुक्तिनाथ विकास बैंकले प्रभु म्यानेजमेन्टलाई ५४ रनले पराजित गर्यो। खेलको म्यान एक्सप्रेस मार्ट म्यान अफ द म्याच केशब गिरी घोषित भए।
अर्को खेलमा जनता बैंकले सानिमा हाइड्रोलाई ६५ रनले पराजित गर्यो । खेलको म्यान एक्सप्रेस मार्ट म्यान अफ द म्याच निशिल ढकाल घोषित भए।
अर्को खेलमा ई-सेवाले मुक्तिनाथ बिकाश बैंक र मेगा बैंकलाई पराजित गर्यो । पहिलो खेलमा अशर्फ दिन तथा दोस्रो खेलमा पवन मान मालेगो एक्सप्रेस मार्ट म्यान अफ द म्याच घोषित भए।
अन्तिम खेलमा सिटिजन्स बैंकले अन्नपूर्ण मिडिया हाउसलाई ४५ रनले पराजित गर्यो। खेलमा रजत श्रेष्ठ एक्सप्रेस मार्ट म्यान अफ द म्याच घोषित भए।
अल्टिमेट इन्डोर क्रिकेटको आयोजनामा जारि प्रतियोगितामा १५ टिम सहभागी छन्।
प्रतियोगितामा अघिल्लो संस्करणको बिजेता सेन्चुरी बैंक सहित मुक्तिनाथ विकास बैंक, ई सेवा, मेघा बैंक, प्रभु म्यानेजमेन्ट, जनता बैंक, सानिमा हाइड्रो, सिटिजन्स बैंक, अन्नपूर्ण पोस्ट, माछापुच्छ्रे ब्यांक, डब्लुडब्लुएफ, एनएमबी बैंक, वर्ल्डलिंक, सेन्चुरी बैंक, श्री एअरलायन्स, एनआईबिएल एस क्यापिटल सहभागी छन्।