एजेन्सी । म्यान्चेष्टर सिटीले प्रिमियर लिगको सुरुवाती दुई खेलमा आठ गोल गरेको छ । तर प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना खेलाडीबाट अझै धेरै चिज बाहिर निस्कन बाँकी रहेको बताउछन् ।
स्पेनिस प्रशिक्षकलाई सेप्टेम्बरको अन्तराष्ट्रिय विश्राम अगाडी खेलाडी फर्ममा फर्कने बिषयमा विश्वास छैन् । भर्खरै मात्र धेरै खेलाडी समर ब्रेकपछि क्लबमा सहभागि भएका छन् ।
तर प्रिमियर लिगमा सिटीले सानदार सुरुवात गरेको थियो । पहिलो खेलमा आर्सनललाई २–० ले हराएको सिटीले दोस्रो खेलमा हुडर्सफिल्डलाई ६–१ ले ध्वस्त बनाएको थियो ।
चोटका कारण सिटीका मुख्य खेलाडी केभिन डि ब्रोयना र काउडियो ब्राभो मैदान बाहिर छन् । ‘हाम्रो समस्या यो हो कि हामी धेरै टाढा त छैनौ तर हामी अझै पुर्ण रुपमा फिट भएका छैनौ ।’ उनले भने ।
‘अझै हामी गतिलो अवस्थामा छैनौ । त्यसैले अन्तराष्ट्रिय विश्रामपछि अंक जोड्न आवश्यक छ । आशा गरौ हामी अझै उत्कृष्ट भन्दा उत्कृष्ट हुन सक्छौ ।’ ग्वार्डिओलालाई यस्तै लाग्छ ।
लिग चरणको तेस्रो खेलमा म्यान सिटीले आज उल्भ्सको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार सवाँ ५ बजे सुरु हुनेछ ।