एजेन्सी । पेरुका राष्ट्रिय टोलीका कप्तान पाउलो गुइरेरोलाई पुनः अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लागेको छ । विश्वकपको दौरान प्रतिबन्ध फुकुवा गरिएपनि कप्तान गुइरेरोलाई फेरी प्रतिबन्ध लगाईएको हो ।
कप्तान गुइरेरोले प्रतिबन्धित लागुऔषध कोकिनको प्रयोग गर्ने गरेको पुष्टि भएपछि स्विजरल्याण्डको सर्वोच्च अदालतले गत मङ्सिरमा प्रतिबन्ध लगाएको थियो ।
विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनासंगको खेलको दौरान गरिएको डोपिङ टेस्टमा कप्तान गुइरेरो फसेका थिए । तर, रुसमा सम्पन्न विश्वकपमा भने कप्तान गुइरेरोको प्रतिबन्ध फुकुवा भएको थियो ।
पेरुले लामो समयपछि विश्वकप खेल्न लागेको र ३४ बर्षिय गुइरेरोलाई उनको करियरकै ठुलो उपलब्धिबाट बन्चित गराउन नहुने भन्दै प्रतिबन्ध फुकुवा गरिएको थियो । तर, विश्वकप सकिएको एक महिना नबित्दै स्विजरल्याण्डको एक अदालतले पुनः गुइरेरोलाई प्रतिबन्धित लगाएको हो ।