एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा गेटाफेले इबरलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा गेटाफेले इबरलाई २ – ० ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा गेटाफेलाई जित दिलाउन एन्जल रोड्रीगेज र जोर्गे मोलिनाले गोल गरेका थिए । पहिलो हाफको १८ औं मिनेटमा रोड्रीगेजले गोल गर्दै गेटाफेलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा मोलिनाले गोल गर्दै गेटाफेको जित सुनिश्चित गरे ।
जितसंगै गेटाफेले २ खेलबाट ३ अंक जोडेको छ । गेटाफेको यो पहिलो जित हो । इबरको यो लगातार दोस्रो हार हो ।
ला लिगा अन्तर्गत नै शुक्रबार राति लेगानेस र रियल सोसिडाडले २ – २ गो गेटाफेको यो पहिलो जित हो ।लको बराबरी खेल्दै अंक बाडेका छन् ।