काठमाडौं । साबिकको बिजेता सेन्चुरी बैंक र मेगा बैंकले पाँचौ संस्करणको कर्पोरेट इन्डोर क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेटमा शुक्रबार सेन्चुरीले एनआईबिएल एस क्यापिटललाई १४९ रनको बिशाल अन्तरले पराजित गर्यो ।
पहिलो इनिंगमा क्यापिटलले मात्र ११ रन बनाएपछि ब्याटिंग गरेको सेन्चुरीले निर्धारित १२ ओभरमा १६० रन बनाउदै सहज जित हात पार्यो । खेलमा सेन्चुरीका सुबास तिमल्सिना म्यान अफ द म्याच भए । उनले ह्याट्रिकसहित ६ विकेट लिए ।
यस्तै मेगाले प्रभु म्यानेजमेन्टलाई ३२ रनले पराजित गर्यो । पहिले ब्याटिंग गरेको प्रभुले ६८ रन बनाएको थियो । जवाफमा मेगाले १०० रन बनाएर खेल जित्यो । खेलको म्यान अफ द म्याच आशिष श्रेष्ठ घोषित भए । उनले २२ रन बनाउनुको साथै १ विकेट लिए ।
प्रतियोगितामा १५ टिम सहभागी छन् ।
यो पटक सेन्चुरीसहित मुक्तिनाथ विकास बैंक, ई-सेवा, मेघा बैंक, प्रभु म्यानेजमेन्ट, जनता बैंक, सानिमा हाइड्रो, सिटिजन्स बैंक, अन्नपूर्ण पोस्ट, माछापुच्छ्रे बैंक, डब्लुडब्लुएफ, एनएमबि बैंक, वर्ल्डलिंक, श्री एअरलायन्स र एनआईबिएल एस क्यापिटल सहभागी छन्।