एजेन्सी । भर्खरै मात्र आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई गुमाएको स्पेनिस क्लब रियल मड्रिड नयाँ खेलाडीको खोजिमा छ । रियालकाे अपेक्षा छ, जसले रोनाल्डोको स्थान पुर्ती गरोस ।
विश्व फुटबलका स्टार खेलाडीमाथि यतिबेला रियलकाे नजर छ । क्लब फुटबलको विश्व कीर्तिमानी रकम तिर्न समेत उ तयार छ । स्पेनिस लिगको नयाँ सिजन सुरु हुदाँ समेत रियलले नयाँ खेलाडीको खोजीलाई जारीनै राखेको छ ।
उसको नजर यतिबेला फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेमा अडिएको छ । विश्वकप विजेता टोलीका भरपर्दा स्टारलाई क्लब भित्राउन रियलले प्रयासलाई जारी राखेको छ । सरुवा बजार बन्द हुनु अगाडीनै एमबाप्पेलाई भित्राउन सकिने आश रियललाई छ ।
फ्रान्सेली क्लब पिएसजीले लिग वान क्लब मोनाकोबाट कीर्तिमानी लोनमा एम्बाप्पेलाई अनुबन्धन गरेको थियो । एमबाप्पेलाई अनुबन्धन गर्ने क्रममा पिएसजीले आर्थिक फेयर प्लेको उल्लंघन गरेको आरोप छ ।
फ्रान्सेली क्लब सोमबारसम्म एमबाप्पेलाई अनुबन्ध गर्दा खर्चेको १ सय ६० मिलियन पाउण्डको उपयोग गर्नुपर्ने दबाबमा छ । युईएफएले अगस्ट ३० सम्म पिएसजीको एफएफपी स्थितीलाई सुधार गर्नुपर्ने समयसिमा ताेकेकाे छ ।
पिएसजीले नियमको उलंघन गरेमा एमबाप्पेलाई अनुबन्ध गर्न असमर्थ हुने बताइएको छ । सोही कारण पिएसजीबाट एम्बाप्पेलाई क्लब भित्राउन सकिने रियलको अपेक्षा छ ।
स्यान्टियागो बर्नाविउ पनि क्लबमा राज गर्ने विश्व फुटबलको नयाँ युवराजको प्रतिक्षामा छ ।