काठमाडौं । इलामको रेड हर्स क्लबले ताप्लेजुङमा सुरु तेस्रो संस्करणको पाथिभरा गोल्डकप फुटबलमा विजयी सुरुवात गरेका छन् ।
शुक्रबार भएको उद्घाटन खेलमा रेड हर्सले आयोजक कञ्चनजङ्गा फुङ्लिङ क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो ।
रेड हर्सको जितमा प्रफुल गुरुङले ३२ औं मिनेटमा निर्णायक गोल गरे ।
रेड हर्ससंगको हारसंगै आयोजक कञ्चनजङ्गा प्रतियोगिताबाट बाहिरिएको छ ।
नकआउटका आधारमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।