एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलको शेयर किन्ने अरबका धनाढ्य शेख खालिदको सपना सकिएको छ । खालिद इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका मालिक शेख मन्सुरका नातेदार हुन् ।
क्लबको शेयरको लागि आएको प्रस्ताव लिभरपुलले अस्विकार गरेसंगै खालिदको सपना तत्काल पुरा नहुने भएको हो । खालिदले क्लबको केहि प्रतिशत शेयरको लागि २ विलियन पाउण्डको प्रस्ताव गरेका थिए । तर, खालिदले गरेको प्रस्ताव लिभरपुलका अध्यक्ष टोम वेरनेरले अस्विकार गरेको डेलिमेलले जनाएको छ ।
लिभरपुलको शेयरको लागि छलफल गर्न इमिरेट्स ग्रुपका खालिद अमेरिका गएका थिए । तर, अमेरिकामा भएको छलफलमा खालिदले लिभरपुलका अध्यक्षलाई मनाउन सकेनन् ।
पछिल्लो समय इन्ग्लिश प्रिमियर लिगमा अरेबियन धनाड्यहरुको लगानी बढी रहेको छ । यस्तोमा खालिदले पनि लिभरपुलमा लगानी गर्न चाहेको हो । यो प्रस्ताव लिभरपुलले स्वीकार भएको भए कुनैपनि क्लब किन्नको लागि ठुलो रकम खर्चेको किर्तिमान बन्ने थियो ।