एजेन्सी । नेदरल्याण्डका विंगर आर्जेन रोबिनले जर्मन क्लब वायर्न म्युनिख आउने निर्णय आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट निर्णय रहेको बताएका छन् ।
क्लबको अफिसियल वेबसाइडसंग बिहिबार कुराकानी गर्दै रोबिनले १० बर्षे वायर्न बसाई निकै उत्कृष्ट रहेको बताएका हुन् । रोबिन स्पेनिस क्लब रियल मड्रिडबाट सन् २००९ मा जर्मन क्लब वायर्न आएका थिए ।
'मलाइ यति लामो समय वायर्नमा बस्छु भन्ने लागेको थिएन । म यथार्थपरक छु । मलाई थाहा छ कि विश्व फुटबल द्रुत गतीमा छ । निकै फरक छ,' ३४ बर्षीय रोबिनले भनेका छन् ।
वायर्नसंग रोबिनको सम्झौता यसै सिजन सकिदै छ । तर, रोबिन थप समय वायर्न मै बस्न सहमत भईसकेका छन् ।
कुराकानीमा रोबिनले भने, 'मलाई सुरुमा निकै शंका लागेको थियो । मलाई थाहा थिएन कि यो सहि निर्णय थियो । अब म भन्न सक्छु, यो मेरो करियरको उत्कृष्ट निर्णय थियो ।'
वायर्न आएपछि रोबिनले ७ पटक बुन्डेस लिगा, ४ पटक जर्मन कप र च्याम्पियन्स लिग जितिसकेका छन् । रोबिनले वायर्नबाट १८९ खेल खेल्दै ९५ गोल गरिसकेका छन् ।
सन् २००० मा जर्मन क्लब ग्रोनीनगनबाट व्यबसायिक फुटबल सुरु गरेका रोबिन दुई बर्षपछि पिएसभी गएका थिए । पिएसभीमा दुई बर्ष बिताएर रोबेन इन्ग्लिश क्लब चेल्सी गएका थिए ।
चेल्सीमा दुई बर्ष बिताएर रोबिन सन् २००७ मा रियल मड्रिड आएका थिए । रियलमा दुई बर्ष बिताएर रोबिन जर्मन क्लब आएका थिए ।