एजेन्सी । ब्राजिल फुटबल संघका पूर्व अध्यक्ष जोस मारिया मरिनलाई चार बर्षको जेल सजाय सुनाइएको छ ।
दुई सय मिलियन डलरको भ्रष्टाचार मुद्धामा अमेरिकी अदालतले जोसलाई जेल सजाय सुनाएको हो ।
बिश्व फुटबलको सर्बाेच्च निकाय फिफामा भएको भ्रष्टचारमा जोसको संलग्नता देखिएको भन्दै उनलाई कारवाही हुनपर्ने माग उठ्दै आएको थियो ।
अमेरिकी अदालतले ८६ वर्षे जोसलाई फिफाको बिलियन डलर घोटालाको काण्डमा संलग्न भएको बताएको छ ।
चार वर्ष जेल सजायका साथै उनलाई एक दशमलव दुई मिलियन डलर जरिवाना लगाईएको छ ।