एजेन्सी । इङल्याण्डविरुद्धको बाँकी दुई टेष्ट म्याचकालागि इन्डियाले युवा व्याट्सम्यान पृथ्वी शाहलाई समावेश गरेको छ ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले युवा खेलाडी पृथ्वी र आन्द्र प्रदेशका मध्यक्रमका व्याट्सम्यान हनुमा विहारीलाई इङल्याण्डविरुद्धको टेष्ट क्रिकेटमा उत्तार्ने निर्णय गरेको हो ।
अनुभवी व्याट्सम्यान मुरली विजयी सुरुवाती दुई टेष्ट म्याचमा चल्न नसकेपछि इन्डियाले उनीलाई टिम बाहिर निकालेको हो ।
इन्डियालाई यस बर्ष अन्डर १९ विश्वकप जिताउने साहलाई सिनियर टोलीमा मौका मिलेको छ ।
चौथो टेष्ट अगष्ट ३० मा हुदैछ ।