एजेन्सी । सन् २००३ को विश्वकपमा भारतका महान क्रिकेटर सचिन तेन्दुलकर निकै राम्रो लयमा रहेका थिए ।
पाकिस्तानविरुद्ध सचिनले ९८ रनको शानदार इनिङ्स खेलेका थिए । खुट्टाको फिलामा समस्या देखिएपनि सचिनले मैदानमा डटेर खेलेका थिए ।
तर, सचिन उक्त विश्वकप दौरान गम्भीर रुपमा डायरिया (पखाला) बाट ग्रसित भएको कमैलाई थाहा छ ।
डायरियाको बाबजुद सचिन श्रीलंकाविरुद्ध आफ्नो ज्यानको खतरा मोलेर मैदान उत्रिएका थिए ।
सचिनलाई पाकिस्तान र श्रीलंका दुवै राष्ट्रविरुद्धको खेलमा जोखिम मोलेका थिए ।
श्रीलंकाविरुद्ध सचिन पखालाबाट ग्रस्त थिए । तर, उनी अण्डरवेयरमा टिस्यु पेपर राखेर मैदान उत्रिएका थिए ।
सचिनले त्यस खेलमा ९७ रन बनाएका थिए । खेलमा भारत १ सय ८३ रनले विजयी भएको थियो ।
सन् २००३ को विश्वकपमा सचिनले ६ सय ७३ रन बनेका थिए जुन रन एक विश्वकपमा बनाएको भारतीय खेलाडीको सर्वाधिक रन हो ।
यस घटनाको खुलासा सचिन आफैले गरेका थिए ।
'पाकिस्तानविरुद्धको त्यो खेल मात्र मेरो लागि यस्तो खेल थियो जसमा मैले रनर लिएको थिएँ । यो विश्वकपको म्याच थियो तर म ठिकसँग उभ्न समेत सकेको थिइन । यस्तो लागेको थियो कि मलाई कसैले ५ सय किलोको सामानले बाँधेको थियो ।'
'मेरो शरीरमा धेरै दुखाई थियो र म रनको लागि डौडिएको थिएँ, जुन सहि थिएन,' उनले थपे, 'म मैदानमा लडेको थिएँ र उठ्ने कोशिस गर्दा उठ्न सकिन ।'
यस्तै सचिनले श्रीलंकाविरुद्धको खेल अघि धेरै नुनपानी लिएको र खेलमा त्यसको उल्टो असर भएको बताएका छन् ।
'मेरो पेटमा समस्या थियो तर आगामी म्याचको लागि यसबाट म ठिक हुन् चाहन्थे,' उनले भने, 'त्यसैले मैले चाहिने भन्दा धेरै नुनपानी पिएको थिएँ । पानीमा नुन यति धेरै भयोकी मलाई डायरिया भयो ।'
सचिनले विश्वकप जस्तो प्रतियोगिता खेल्न यस्तो खतराको सामना गर्नु परेको बताए ।
सचिनले श्रीलंकाविरुद्धको खेलमा टिस्यु पेपर लगाएर मैदान उत्रिएको स्वीकार गरेका छन् । उक्त खेलमा सचिनले १ सय ६० मिनेट मैदानमा ब्याटिङ गरेको बताए ।