एजेन्सी । बोस्निया एण्ड हर्जगोभिनाका मिडफिल्डर मिरालेम पियानिचले इटालियन क्लब युभेन्ट्ससंग पाँच बर्षे नयाँ सम्झौता गरेका छन् ।
नयाँ सम्झौतासंगै पियानिच सन् २०२३ सम्म इटालियन च्याम्पियन युभेन्ट्समै रहने भएका छन् ।
यसअघि पियानिचलाई भित्र्याउन इन्ग्लिश क्लब म्यानचेस्टर सिटी र चेल्सी तथा स्पेनिस क्लब रियल मड्रिडले चासो देखाएको थियो । तर, २८ बर्षिय प्ले मेकर पियानिचले मंगलबार क्लबसंग पाँच बर्षे नयाँ सम्झौता गरेका छन् ।
रोमाबाट पियानिच सन् २०१६ मा युभेन्ट्स आएका थिए । पियानिचलाई युभेन्ट्सले ३२ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । पियानिचले युभेन्ट्सबाट समान दुई दुई पटक सिरी ए लिग र कोप्पा इटालिया जितेका छन् ।
गत सिजन ४४ खेल खेलेका पियानिचले ७ गोल गरेका थिए । पियानिच बोस्निया एण्ड हर्जगोभिनाका नियमित सदस्य हुन् ।