एजेन्सी । भारतीय पूर्व क्रिकेटर युवराज सिंहले क्रिकेट कमेन्ट्री भन्दा प्रशिक्षकमा रुची रहेको बताएका छन् ।
क्रिकेट करियरबाट सन्यास लिने प्राय खेलाडी कमेन्ट्री र प्रशिक्षकमा लाग्ने गरेका छन् ।
भारतमा समेत खेल जीवनबाट सन्यास लिएका थुप्रै खेलाडीले कमेन्ट्रीमा काम गर्दै आएका छन् ।
तर, युवराजले भने कमेन्ट्री भन्दा प्रशिक्षक बन्न रुची भएको बताएका छन् ।
इन्स्टाग्राम लाईभमा युवराजले पूर्व खेलाडी मोहमद कैफसँग कुरा गर्दै प्रशिक्षकमा रुची रहेको खुलासा गरेका हुन् ।
'म कमेन्ट्री भन्दा प्रशिक्षणमा रमाउन चाहन्छु,' युवराजले भने, 'भविष्यमा म कमेन्टेटर हुन्छु भनेर नसोच्दा हुन्छ ।'
युवराजले क्रिकेटबाट सन्यास लिएको करिब एक वर्ष भएको छ । २५-३० वर्षे क्रिकेट करियरबाट केहि समय आराम लिन चाहेको समेत युवराजले बताए ।