एजेन्सी । भारतका पूर्व क्रिकेटर युवराज सिंह सफल खेलाडी हुन् ।
भारतलाई सन् २००७ को टी-ट्वान्टी विश्वकप र सन् २०११ को एकदिवसीय विश्वकप जिताउन युवराजले महत्वपूर्ण भूमिका खेलेका थिए ।
क्रिकेटबाट सन्यास घोषणा गरिसकेका युवराज पछिल्लो समय मिडियामा खुबै छाएका छन् ।
किनकी युवराजले आफ्नो क्रिकेट यात्रासँग जोडिएको रोमान्चक घटनाको खुलासा गर्न थालेका छन् ।
सन् २००७ को टी-ट्वान्टी विश्वकपमा युवराजले एक ओभरमा ६ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए । युवराजले बाहेक अन्य खेलाडीले यो सफलता हात पार्न सकेका छैनन् ।
तर, युवराजले ६ बलमा ६ छक्काबारे एक ठुलो खुलासा गरेका छन् । उनले एकै ओभरमा इंग्ल्यान्डका स्टुवार्ड ब्रोडलाई ६ छक्का प्रहार गरेपछि आफुमाथि थुप्रै प्रश्न उठेको युवराजले खुलासा गरेका हुन् ।
युवराजले खेलपछि विपक्षी टिम इंग्ल्यान्डको मागको कारण आफ्नो ब्याटको जाँच गरिएको समेत खुलासा गरेका छन् ।
'मलाइ याद छ कि अष्ट्रेलियाका एक ब्यक्तिले मसँग मेरो म्याटमा फाइबर लगाएको छ कि छैन भनेर जान्ने प्रयास गरेका थिए,' युवराजले भने, 'एडम गीलकिस्टले समेत मलाई यो ब्याट कसले बनाउँछ भनेर जान्न चाहेका थिए ।'
यस्तै हरेक टिममा कप्तानको एक फेबरेट खेलाडी हुने बताए । सन् २०११ को विश्वकपमा कप्तान महेन्द्र सिंह धोनीको फेबरेट खेलाडी सुरेश रैना रहेको युवराजले बताए ।
'रैना त्यो बेला धोनीको फेबरेट खेलाडी थिए । सबै टिममा कप्तानको फेबरेट खेलाडी हुन्छन् र धोनीको रैना थिए,' युवराजले भने, 'त्यो समय म र युसुफ (पठान) राम्रो लयमा थियौं तर रैना खराब प्रदर्शन गर्दै आएका थिए । बलिङको कारण टिममा मेरो स्थान पक्का थियो तर रैना र युसुफलाई स्थान दिन धोनीले ठुलो कसरत गरेका थिए ।'