एजेन्सी । दक्षिण अफ्रिकाले कोरोना भाईरसको महामारीका कारण जुनमा तय भएको श्रीलंका भ्रमण रद्ध गरेको छ ।
दक्षिण अफ्रिकाले श्रीलंका भ्रमणको दौरान तीन एक दिवसीय र तीन टी–२० म्याच खेल्ने तय भएको थियो ।
दक्षिण अफ्रिकाका कार्यवहाक मुख्य कार्यकारी जाक फाउलले लक डाउनका कारण आफ्नो टिमले श्रीलंका भ्रमण गर्न नसक्ने स्पष्ट पारेका छन् ।
‘हाम्रो टिम लकडाउनका कारण तयारी गर्न सक्दैन । खेलाडीको स्वास्थ्य मुख्य प्राथमिकता हो ।’ उनले भनेका छन् ।
उनले भ्रमण रद्ध गर्ने निर्णय दुखद भएको भन्दै चाँडै नयाँ मिति तय गर्ने बताए ।
‘यो दुखद छ, हामीले बाध्यतामा यस्तो निर्णय गर्न परेको छ । चाँडै दुवै पक्ष छलफल गरेर नयाँ मिति तय गर्नेछौ ।’ उनले थपेका छन् ।
उनले श्रीलंका भ्रमण स्थगित हुदाँ अष्ट्रेलियामा बर्षको अन्तिममा हुने टी–२० विश्वकपको तयारीमा असर गर्ने बताए ।
‘यो खेलाडीका लागि निराशाजनक निर्णय हो । यो भ्रमण टी–२० विश्वकपको तयारीका लागि राम्रो अवसर थियो ।’ उनले भने ।