एजेन्सी । चोट मुक्त हुदै मैदान फर्किएका जसप्रीत बुमराहले उत्कृष्ट प्रर्दशन गरेपछि इङ्ल्याण्डविरुद्धको तेस्रो टेष्ट क्रिकेटमा इन्डिया जित नजिक पुगेको छ ।
बुमराहले ८५ रन दिएका ५ विकेट लिएपछि इन्डिया जितबाट मात्र एक विकेट टाढा छ । चौथो दिनको खेलको समाप्तिमा इङ्ल्याण्डले ९ विकेट गुमाएर ३ सय ११ रन बनाएको छ ।
आदिल राशिद ३० र जेम्स एन्डरसन ८ रन बनाएर क्रिजमा छन् । खेलको चौथो दिन जोस बटलर १ सय ६ र बेन स्टोकले ६२ रन बनाउदै इन्डियालाई चुनौती दिने प्रयास गरेका थिए ।
दुवैले पाचौ विकेटकालागि १ सय ६९ रनको साझेदारी समेत गरेका थिए । तर बुमराहले अन्तिम सेसनमा लगातार बटलर र बेयरस्टोलाई आउट गर्दै खेल इन्डियाको पक्षमा पारेका थिए ।
अन्तिममा आदिल रशिद र जेम्स एन्डरसनले २० रनको साझेदारी गर्दै खेल पाँचौ दिनसम्म पु¥याउन सफल भएका थिए ।