काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न विभागको संयोजक तोकेको छ । मंगलबार बसेको एन्फाको बोर्ड बैठकले फुटबल गतिविधि सञ्चालनकालागि विभिन्न विभागका प्रमुख र उप प्रमुख चयन गरेको हो ।
निर्वाचनको करिब तिन महिनापछि एन्फाले विभिन्न विभागलाई पुर्णता दिएको छ । एन्फा निर्वाचनमा सहयोग गर्ने व्यक्तिलाई समावेश गर्दै अध्यक्ष कर्माछिरिङ शेर्पाले विभागको जिम्मेवारी सुम्पिएका छन् ।
निकै महत्वपुर्ण मानिएको सदस्य संघ समितिमा पंकज नेम्बाङ र युवा फुटबल विकास समितिमा उपेन्द्रमान सिंहलाई ल्याएका छन् । संघ सञ्चालनकालागि एन्फाले विधान परिमार्जन समेत गरेको थियो ।
एन्फालाई संस्थागत ढङ्गले अघि बढाउने बताउदै आएका शेर्पाले फुटबल सञ्चालनकालागि विभिन्न विभागको गठन गरेर जिम्मेवारी बाँडफाँट गरेका हुन् ।
यस्तै, बोर्ड बैठकले तापेश्वर राउतलाई केन्द्रीय सदस्य नियुक्त गरेको छ ।
कुन समितिमा को संयोजक ?
पंकज बिक्रम नेम्बाङ – सदस्य संघ समिति
उपेन्द्र मान सिंह – युवा फुटबल विकास समिति
किरण राई – सूचना तथा संचार समिति
पेमा डोल्मा लामा – महिला फुटबल समिति
मधु सुदन उपाध्याय – राष्ट्रिय टोली तयारी समिति
दिनेश ब्यन्जनकर – सुरक्षा समिति
रत्न कुमार श्रेष्ठ – मेडिकल समिति
विजय घले – प्रतियोगिता समिति
कृष्ण थापा – प्राविधिक समिति
दिर्घ बहादुर केसी – खेलाडी समिति
रबिन्द्र नाथ श्रेष्ठ – रेफ्री समिति
विज्ञान राज शर्मा – लिग समिति
उत्तम भण्डारी – सामाजिक उत्तरदायित्व समिति
भरत कुमार घिमिरे – राष्ट्रिय टिम तयारी समिति ( उप संयोजक)
रुपेश अधिकारी – मेडिकल र स्वास्थ्य समिति (उप संयोजक )
निरोज खड्की - युवा फुटबल विकास समिति (उप संयोजक )
दामोदर भट्टराई – सूचना तथा संचार समिति (उप संयोजक)
तापेश्वर राउत – केन्द्रीय सदस्य नियुक्त
दिपेन्द्र ढकाल – सदस्य, मार्केटिङ र शिक्षा
दावा लामा - फुटसल समिति, संयोजक
बिनोद गूरुङ - फुटसल समिति, सह-संयोजक
सुन्दर थापा - फुटसल समिति, सह-संयोजक
सुदीप आचार्य - मैत्रि अाचरण अफिसर