एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को टिम सनराइजर्स हैदराबादले कोरोना भाईरसबिरुद्धको लडाँईमा १० करोड सहयोग गरेको छ ।
आईपीएलको टिम सनराइजर्सले आफ्नो ट्वीटर एकाउन्टमार्फत सहयोगको घोषणा गरेको हो ।
'सबै टीबी ग्रुप कोरोना भाईरसबिरुद्धको लडाँईमा १० करोड रुपैयाँ योगदान दिएको छ ।' सनराइजर्सले भनेको छ ।
सनराइजर्सका कप्तान डेविड वार्नरले टिमले गरेको सहयोग रकमको प्रशंसा गरेका छन् ।
उनले लेखेका छन्, 'सन टीबी समुहको यस कदम निकै प्रशंसा योग्य छ ।'
यसअघि आईपीएलको किंग्स ईलेभेन पञ्जाब र कोलकत्ता नाईट राईडर्सले समेत प्रधानमन्त्री कोषमा सहयोग रकम दिने घोषणा गरेका थिए ।
भारतीय क्रिकेट खेलाडीले समेत कोरोनाबिरुद्धको लडाँईमा स्थानीय र केन्द्रिय सरकारलाई आर्थिक सहयोग गरेका छन् । केही खेलाडीले विपन्न वर्गका लागि खाद्यान्न लगायतका सहयोग समेत गर्दै आएका थिए ।