एजेन्सी । अष्ट्रेलियन स्टार ब्याट्सम्यान स्टिभ स्मिथले भारतीय भूमिमा टेष्ट सिरिज जित्न चाहेको बताएका छन् ।
आईपीएल फ्रेन्चाइज टिम राजस्थान रोयल्सले सार्वजनिक गरेको पोड्कास्टमा स्मिथले भारतीय भूमिमा टेष्ट जित्न चाहेको बताएका हुन् ।
स्मिथले न्युजिल्याण्डका इश सोधीसँग कुरा गर्दै भारत बलियो टिम रहेको र उसलाई हराउनु मुस्किल रहेको समेत बताए ।
'म भारतमा टेष्ट सिरिज जित्न चाहान्छु,' विश्वका उत्कृष्ट ब्याट्सम्यान स्मिथले भने, 'अष्ट्रेलियन क्रिकेटरको नाताले एसेस सिरिजलाई ठुलो मान्छौं, विश्वकप ठुलो मान्छौं । तर, मेरो विचारमा भारत विश्वको नम्बर १ टिम हो र उनीहरुसँग खेल्न निकै मुस्किल छ । त्यसैले म त्यहाँ जित्न चाहन्छु ।'
यस्तै स्मिथले आफ्नो अर्को चाहना भनेको हरेक खेलमा आफ्नो खेलमा सुधार चाहने बताए ।
स्मिथले सबकन्टिनेन्टमा रबिन्द्र जडेजाको सामना गर्नु मुस्किल लाग्ने बताए ।
'सबकन्टिनेन्टमा जडेजा मुस्किल छन्,' स्मिथले थपे, 'किन भने उनले फालेको गुड लेन्थ बल कहिले स्किड हुन्छ कहिले स्पिन । मुस्किल किन हुन्छ भने उनले एकै एक्सनले बल फाल्छन् ।'
स्मिथ राजस्थानको कप्तान हुन् । कोरोना भाइरसको त्रासको कारण आईपीएल स्थगित छ ।