एजेन्सी । पूर्व भारतीय क्रिकेट कप्तान तथा एनालिस्ट सुनिल गावस्करले कोरोना महामारीसँग लड्न ५९ लाख आर्थिक सहयोग गरेका छन् ।
गावस्करले प्रधानमन्त्री राहत कोषमा ३५ लाख र सिएमओ महाराष्ट्रलाई २४ लाख भारतीय रुपैंया सहयोग गरेका हुन् ।
कोरोना महामारीबाट भारतमा ४ हजार बढी मानिस संक्रमित भएका छन् भने १ सय १० बढी मानिसले ज्यान गुमाएका छन् ।
यस्तै भारतीय टेष्ट क्रिकेटर चेतेश्वर पुजाराले समेत कोषमा सहयोग गरेका छन् । उनले ट्विटरमा एक सहयोगको गरेको र अरुलाई समेत यसमा हात बढाउँन अपिल गरेका छन् ।
उनले सहयोग गरेको रकम भने खुलाएका छैनन् । कोरोना त्रासमा खटिएका पुलिस, डाक्टर, मेडिकल स्टाफ जस्ता सबै व्यक्तिलाई उनले धन्यबाद समेत ज्ञापन गरेका छन् ।
यसअघि भारतका विभिन्न क्रिकेट सरोकारवालाले राहात कोषमा सहयोग गर्दै आएका छन् ।