एजेन्सी । इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले हराएको हो ।
५४ औ मिनेटमा मिल्नरको पेनाल्टी गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । खेलको अन्तिम १५ मिनेट १० खेलाडीमा सिमित क्रिस्टल प्यालेसले दोस्रो हाफको इन्जुरी समयमा थप एक गोल व्यर्होयो । प्यालेसका युवा डिफेन्डर आरोन वान विस्साका रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।
साडियो मानेले अन्तिम समयमा गोल गर्दै लिभरपुललाई २-० को सहज जित दिलाए । लिभरपुलले गत सिजन च्याम्पियन बनेको म्यान्चेष्टर सिटी भन्दा २५ अंक पछाडी रहेर लिग सकाएको थियो ।
दुई खेलबाट लिभरपुलले ६ अंक जाेडेकाे छ । समान खेलबाट प्यालेसको खातामा ३ अंक छ ।