एजेन्सी । भारतका पूर्व ओपनर ब्याट्सम्यान गौतम गाम्भिरले कोरोना भाईरसबिरुद्ध लड्न दिल्ली सरकारलाई थप आर्थिक सहयोग गरेका छन् ।
उनले महामारीबिरुद्ध लड्न दिल्ली सरकारलाई थप ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
भारतीय जनता पाटीका सांसद समेत रहेका गम्भिरले एक पत्रमा लेखेका छन्, 'दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले भनेका छन् कि दिल्लीका विभिन्न अस्पतालमा मेडिकल सम्बन्धि सामान खरिद गर्नका लागि पैसाको आवश्यकता छ । मैले दुई हप्ता पहिलानै ५० लाख रुपैयाँ सहयोग गरिसकेको छु । र आफ्नो सांसद कोषबाट फेरी ५० लाख रुपैयाँ सहयोग गर्न चाहन्छु ।'
'आशा गर्छु, कोरोनाबिरुद्धको लडाईमा मेडिकल सामान किन्न यो सहयोग खर्च हुनेछ । संकटको घडीमा दिल्लीका नागरिकलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो ।' उनले थपे ।
पूर्वी दिल्लीका सांसद गम्भिरले यसअघि आफ्नो दुई बर्षका तलब प्रधानमन्त्री कोषमा सहयोग गरिसकेका छन् । यो बाहेक उनले सांसद कोषबाट एक करोड रुपैयाँ सहयोग गरेका छन् ।
यो बाहेक गौतम गम्भिर फाउण्डेशन कोषबाट गरिबहरुलाई खानाको ब्यवस्थापन गरिरहेका छन् ।
दिल्लीमा कोरोना भाईरसका कारण अहिलेसम्म ५ सय जना संक्रमित भएको खबर सार्वजनीक भएको छ । दिल्लीमा ७ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् ।
५८ टेष्ट म्याच र १ सय ४७ एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेका उनले २००७ मा टी–ट्वान्टी विश्वकप र सन् २०११ म एक एकदिवसीय विश्वकप जिताउन भारतीय टिमका लागि महत्वपूर्ण भूमिका खेलेका थिए ।
उनले सन् २०११ को विश्वकप फाईनलमा १ सय २२ बलमा ९७ रन बनाएका थिए ।
गम्भीरले ५८ टेष्ट र १ सय ४७ एकदिवसीय अन्तराष्ट्रिय म्याच खेलेका छन् । उनले टेष्टमा ४ हजार १ सय ५४ र एकदिवसीयमा ५ हजार २ सय ३८ रन बनाएका छन् ।
उनले ३७ टी–ट्वान्टीमामा २७ दशमलव ४१ को औसतमा ९ सय ३२ रन बनाएका छन् । उनले एकदिवसीयमा ११ शतक र टेष्टमा ९ शतक जोडेका छन् ।
गम्भीरले २ सय ५१ टी–२० खेलमा ६ हजार ४ सय २ रन बनाएका छन् । र ५३ अर्धशतक जोडेका छन् ।