एजेन्सी । पूर्व अलराउण्डर टाम मुडीले भारतका रोहित शर्मा र अष्ट्रेलियाका डेविड वार्नरलाई टी–२० क्रिकेटका सर्वोकृष्ट ओपनर ब्याट्सम्यान भएको बताएका छन् ।
टी–२० क्रिकेटमा सबै भन्दा राम्रा ओपनरको बारेमा सोधिएको प्रश्नमा उनले भने, ‘यसको जवाफ निकै कठिन छ । तर वार्नर र रोहितको नाम म लिन्छु ।’
अष्ट्रेलियाका सफल प्रशिक्षक तथा कमेन्टेटर मुडीले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नेई सुपर किंग्सलाई मन पर्ने टिम र महेन्द्रसिंह धोनीलाई मन पर्ने कप्तान बताए ।
उनले भारतीय क्रिकेटको प्रशंसा गर्दै धेरै प्रतिभावान खेलाडी रहेको उल्लेख गरे । उनले शुभमन गिललाई भारतीय क्रिकेटका सबैभन्दा राम्रा प्रतिभावान क्रिकेटर रहेको बताए ।
गिलले भारतबाट दुई एक दिवसीय क्रिकेट खेलेका छन् र टेष्ट क्रिकेटमा समेत स्थान बनाईसकेका छन् । तर उनले टेष्ट खेल्न भने अझै बाँकी छ ।
मुडीले दुई पटक आईपीएलका टिमलाई प्रशिक्षण दिईसकेका छन् । उनले न्युजिल्याण्डका कप्तान केन विलियम्सनमा क्रिकेट सम्बन्धि बुझाई राम्रो रहेको बताउँदै भारतीय खेलाडी रविन्द्र जडेजालाई उत्कृष्ट मिडफिल्डरको रुपमा ब्याख्या गरे ।
उनले भारतीय कप्तान विराट कोहलीलाई मन पर्ने भारतीय क्रिकेटर बताए ।