काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र अलराउन्डर सागर पुनले नेपाली राष्ट्रिय क्रिकेट टिममा पुनरागमन गरेका छन् ।
एसिया कप छनोटकालागि पारस खड्काको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय नेपाली टोलीमा विनोद र सागरले पुनरागमन गरेका हुन् ।
करिव एक बर्षपछि राष्ट्रिय क्रिकेट टोलीमा पुनारागमन गरेका पुन र भण्डारीको प्रदर्शन उत्कृष्ट रहने नेपाली टोलीका कप्तान पारस खड्काको अपेक्षा छ ।
आगामी अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म मलेसियामा हुने एसिया कप तयारीकालागि श्रीलंका जान लागेको नेपाली टोलीको विदाई कार्यक्रममा कप्तान पारसले समेत विनोद र सागरको पुनरागमनमा खुसी व्यक्त गरे ।
पारसले भने “सागर र बिनोद राष्ट्रिय टिमका उत्कृष्ट खेलाडी हुन् । उनिहरुको आगमनले नेपाली टिमलाई केहि राहत पुग्ने विश्वास लिएको छौ । शरद र शक्तिको अभाव महशुश नहोला भन्ने छ ।’
एसियन राष्ट्रहरु क्रिकेटमा उत्कृट भएको उल्लेख गर्दै उनले खेलमा केहि चुनौती भएपनि त्यसलाई अवसरमा बदल्न आफुहरु तयार रहेको बताए । उनले सागर र बिनोदको पुनरागमनले एउटा भरपर्दाे टिम बन्न सहयोग पुगेको जानकारी दिए ।
दुबै खेलाडीले २०१७ डिसेम्वरमा भएको वल्र्ड क्रिकेट लिग च्याम्पियसिप (डब्लुसिएल) अन्तर्गत युएईसंग खेलेपछि टोली बाहिर रहदै आएका थिए । निरन्तरको खराब प्रदर्शन गरेपछि नामिबियामा भएको खेलबाट दुवै खेलाडी टिम बाहिर थिए ।
मलेसियामा हुने एसिया कपको छनोटमा नेपालले युएई, हङकङ, ओमान, मलेसिया र सिंगापुरसँग खेल्नेछ । राउण्ड रोविनपछि शीर्ष दुई टिमबीच फाइनल हुनेछ । विजेताले एसिया कप खेल्न पाउनेछ ।