मोरङ । भारतको आग्रामा आयोजना हुने ४६ औं एसियन स्कुल च्याम्पियनसिपको लागि नेपाली यू -१८ पुरुष फुटबल टोलीले प्रशिक्षण सुरु गरेको छ ।
च्याम्पियनसिपको लागि विराटनगरमा नेपाली टोलीको बन्द प्रशिक्षण सुरु भएको हो । एन्फाले तयारीको लागि ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । नेपाली टोलीको बन्द प्रशिक्षण विराटनगरस्थित शहिद रंगशालामा सुरु भएको हो ।
भारतको आग्राको मौषमलाई मध्यनजर गर्दै नेपाली टोलीको तयारी विराटनगरमा गरिरहेको एन्फा सदस्य तथा टिम म्यानेजर रुपेश अधिकारीले खेलपाटीलाई जानकारी गराए ।
नेपाली टोलीलाई मुख्य प्रशिक्षकमा चेत नारायण श्रेष्ठ र प्रशिक्षक राकेश श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । नेपाली टोलीले बिहान र बेलुका गरि दुइ समय अभ्यास गरिरहेको टिम म्यानेजर अधिकारीले जानकारी गराए ।
बन्द प्रशिक्षणमा रहेका टोलीलाई आवश्यक पर्ने जर्सी एन्फाले उपलब्ध गराएको पनि उनले बताए ।
प्रशिक्षणमा बोलाइएका खेलाडी :
गोलकिपर : आकाश रानामगर, विष्णु केसी, रोहित कार्की , विष्णु सुनार , सुर्य अधिकारी
डिफेन्डर : रन्दिप पौडेल, सौरभ जंग शाहि, विकाश खवास, पवन शाहि, सुमन वहादुर मगर, राजन गुरुङ, सचिन राई, अशिम गुरुङ, मनिष लामा, निशान रावल, पुर्ण बहादुर श्रेष्ठ ,
मिडफिल्डर : नितिन थापा, सुरज ठकुरी, सुरज चित्राकार, जय गुरुङ, विवेक राई, मनिष थापा, सेसेहाङ यम्देम्वो, अनिल महर्जन, दर्शन गुरुङ, दिनेश हेम्जाङ, रोहन प्रधान
स्ट्राइकर : रितिक कुमार खड्का, अरुन लिम्बु, दिपेश आले मगर, बुद्ध बाल तामाङ, सचु गुरुङ, अनुप गुरुङ, शुुसन लामा, टिका गुरुङ