एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा उपाधिको दाबेदार क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ । शनिबार राति भएको खेलमा युनाइटेड ब्राइटन एण्ड होभ आल्बियनसंग ३ - २ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा ब्राइटनले युनाइटेडलाई हराएको हो । ब्राइटनलाई जित दिलाउन ग्लेन मुर्रे, शान डुफी र पास्कल ग्रोसले समान एक एक गोल गरे । युनाइटेडका रोमेलु लुकाकु र पाउल पोग्बाले एक एक गोल फर्काए ।
पाहुना टोली युनाइटेडविरुद्ध निकै सानदार प्रदर्शन गरेको ब्राइटनले पहिलो हाफमै ३ गोल गरेको थियो । खेलको २५ औं मिनेटमा मुर्रेले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाए । त्यसको दुई मिनेट नबित्दै २७ औं मिनेटमा डुफीले गोल गर्दै ब्राइटनलाई २ - ० को अग्रता दिलाए ।
खेलको ३४ औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउन कोशिस गरे । तर, खेलको ४४ औं मिनेटमा ग्रोसले पेनाल्टीमा गोल गरेपछि ब्राइटनले पहिलो हाफमा ३ - १ को अग्रता बनायो ।
दोस्रो हाफमा युनाइटेडले एक गोल फर्कायो । तर, जितका प्रयाप्त भएन । खेलको इन्जुरी समयमा पोग्बाले पेनाल्टीमा एक गोल थपेपनि युनाइटेड ३ - २ ले स्तब्ध बन्यो ।
ब्राइटनको यो पहिलो जित हो । जितसंगै ब्राइटनले २ खेलबाट ३ अंक जोडेको छ । युनाइटेडको यो पहिलो हार हो । युनाइटेडको पनि २ खेलबाट ३ अंक छ ।
प्रिमियर लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी रहेको छ । सिटीको ६ अंक छ ।