एजेन्सी । इंग्ल्यान्ड र वेल्समा आगामी मे अन्तिमसम्म व्यवसायिक क्रिकेट नहुने भएको छ ।
इंग्ल्यान्ड क्रिकेट बोर्डले कोरोना भाईरसको कारण आगामी मे २८ सम्म व्यवसायिक क्रिकेटको आयोजना नहुने जनाएको छ ।
इंग्ल्यान्ड क्रिकेट बोर्डले शुक्रबार प्रोफेसनल क्रिकेटर एसोसियसन, एमसीसी, र काउन्टी क्लबसँग छलफल गरेर मे अन्तिम सातासम्म क्रिकेट प्रतियोगिता नगर्ने निर्णय गरेको हो ।
क्रिकेट बोर्डको निर्णयसँगै अप्रिल १२ बाट तय भएको काउन्टी च्याम्पियनसिप समेत स्थगित भएको छ ।
चीनबाट फैलिएको कोरोनाले इंग्ल्यान्ड समेत प्रभावित भएको छ ।