काठमाडौं । भुटानमा आयोजना हुने यू-१८ महिला साफ च्याम्पियनसिपको लागि नेपाली महिला टोलीले प्रशिक्षण सुरु गरेको छ । आगामी सेप्टेम्बरमा आयोजना हुने च्याम्पियनसिपको लागि नेपालले प्रशिक्षण सुरु गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु प्रशिक्षणको पहिलो चरणमा ३६ खेलाडीलाई बोलाईएको छ ।
पहिलो चरणमा आएका खेलाडीबाट यसै साता ३० खेलाडी छनोट गरिने मुख्य प्रशिक्षक हरीओम श्रेष्ठले खेलपाटीलाई बताए । हालै सम्पन्न उपराष्ट्रपति महिला लिग र जिल्ला कपको आधारमा खेलाडी छनोट गरेको प्रशिक्षक श्रेष्ठले बताए ।
आगामी सेप्टेम्बर २८ देखि ७ अक्टोबरसम्म हुने च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको छ । जसमा नेपालसहित भारत, भुटान, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।
च्याम्पियनसिपमा नेपाल समूह बि मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र बङ्गलादेश खेल्नेछन् । त्यस्तै समूह ए मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।
नेपालले पहिलो खेल सेप्टम्बर २८ मा पाकिस्तानसंग खेल्नेछ । दोस्रो खेलमा नेपालले अक्टोबर २ मा बङ्गलादेशको सामना गर्नेछ ।
पहिलो चरणमा कुन कुन खेलाडी छनोट भए ?
गोलकिपर : अन्जना राना मगर, उषा नाथ, चेत माया जिसी, कविता राई
डिफेन्डर : पुजा राना, सानुक्षा घिमिरे, कोपिला धिमाल, पुनम पासवान, सपना मगर, रिता गजमेर, विमला विक
मिडफिल्डर :दिल कुमारी राना मगर, पवित्रा लिम्बु, छिरिङ लोप्चाङ, मनिषा राउत, अस्मिता बैद्य, मेनुका आले मगर, सुस्मिता तामाङ, सरिता शेर्पा, सुहानी कुस्वार, सर्लि लिम्बु, मञ्जली योन्जन, रजनी श्रेष्ठ, शुभद्रा खड्का
स्ट्राइकर :निर्मला उपाध्याय, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झना लावती, सावित्रा देवि मगर, सम्झाना शर्मा