एजेन्सी । वेष्ट इण्डिजले इंग्ल्यान्डलाई तीन टेष्टको सिरिज खेल्न निमन्त्रणा दिएको छ ।
अन्तराष्ट्रिय खेल तालिका अनुसार जुनमा इंग्ल्यान्डले टेष्ट सिरिज आयोजना गर्ने तालिका छ । तर, विश्वभर त्रास बन्दै गएको कोरोना भाईरसको कारण सिरिज अन्योलमा परेसंगै वेष्ट इण्डिजले इंग्ल्यान्डलाई सिरिज स्थल सार्न प्रस्ताब गरेको हो ।
इंग्ल्यान्डमा कोरोना संक्रमित संख्यामा वृद्धि हुँदै गएपछि सिरिज अन्योलमा परेको छ । हाल कोरोनाकै कारण विश्वभरका खेल तालिका प्रभावित बनेको छ ।
त्यसैले वेष्ट इण्डिजले समर सिजनमा आफ्नो अन्तराष्ट्रिय खेल पूर्तिका लागि इंग्ल्यान्डलाई तीन टेष्टको सिरिज खेल्न निमन्त्रणा दिएको हो ।
'हो, उपयुक्त छ भने हामीले इंग्ल्यान्डलाई टेष्ट सिरिजको लागि प्रस्ताब गरेका छौं,' वेष्ट इण्डिज क्रिकेटका सीइओ जोन्नी ग्राभेले भने, 'सबै ब्रोडकास्ट र कमर्सियल राइट्स समेत इंग्ल्याण्डले नै पाउने छ ।'
'मैले टम ह्यारिसन (इंग्ल्याण्ड क्रिकेटका सीइओ) संग पछिल्ला केही दिनमा दुई पटक कुरा गर्दै आएको छु,' जोन्नी ग्राभेले थपे, 'त्यसमा हामीले उनीहरुलाई सकेको सहयोग गर्नेछौं ।'
यस्तै उनले अवे सिरिजलाई होम सिरिज बनाउंदै घरेलु मैदानको फैदा लिने भावले प्रस्ताब नगरेको प्रष्ट पारे ।
'यो हालतको कुनै फाइदा लिने प्रयास हैन । यो एक क्रिकेट समाजमा अफ्ठेरो परेको बेला सँगै काम गर्ने प्रयास हो,' उनले थपे, 'अर्को कुरा भनेको क्यारिबियनमा वर्षभरि क्रिकेट खेल्न सकिन्छ ।'
यस्तै क्रिकेट समाजमा बलियो र राम्रो सम्बन्ध नदेखिएको कारण क्यरिबियन (वेष्ट इण्डिज) र इंग्ल्याण्ड क्रिकेटलाई सहयोजको लागि जे पनि गर्न तयार रहेको सन्देश दिन चाहेको बताए ।
कोरोनाको कारण इंग्ल्यान्डको यस वर्षको क्रिकेट तालिका अस्तव्यस्त बनाएको छ । यसअघि उनीहरुको श्रीलंका भ्रमण समेत रद्द भएको थियो ।