एजेन्सी । महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड -१९) को कारण अहिले विश्व आतंकित बनेको छ ।
अनियन्त्रित रुपमा फैलदै गरेको कोरोनाकै कारण खेल क्षेत्रसमेत अस्तव्यस्त बनेको छ । जसको मारमा क्रिकेट समेत अछुतो बन्न सकेको छैन ।
कोरोनाको कारण विश्वमा हजारौको ज्यान गईसकेको छ। यस्तै विभिन्न देशका खेलाडी समेत कोरोनाबाट संक्रमित भएका छन् ।
कोरोनाको कारण खेल क्षेत्र ठप्प हुँदा धेरै क्रिकेट खेलाडी पनि घरमै बसिरहेका छन् ।
सधै मैदानमा रहने क्रिकेटरहरु कोरोनाको कारण मैदान बाहिर रमाईरहेका छन् ।
अधिकांस क्रिकेटर परिवारसँग समय बिताउँदै आएका छन् ।
परिवार र घरमा रहदा क्रिकेटरहरु के गर्दैछन् त ?
विभिन्न खेलाडी तथा क्रिकेटहरुले आफुले फुर्सदको समय बिताउँदै गरेको भिडीयो सामाजिक संजालमा पोस्ट गरेका छन् ।
फुर्सदको समयमा के गर्दै छन् क्रिकेटरहरु ?