एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जुलेन लोपेटेगीले यो सिजन क्रिस्टियानो रोनाल्डोको स्थान करीम बेन्जिमाले लिने बताएका छन् ।
स्पेनिस ला लिगा अन्तर्गत नयाँ सिजनको पहिलो खेलअघि बोल्दै प्रशिक्षक लोपेटेगीले रोनाल्डोको स्थान बेन्जिमाले लिने बताएका हुन् ।
रियलले सिजनको पहिलो खेलमा आज राती गेटाफेसंग खेल्दै छ । उक्त खेलमा रियललाई रोनाल्डोको अभाव खड्कने छ । तर, प्रशिक्षक लोपेटेगीले बेन्जिमासंग रियलमा रोनाल्डोको स्थान ओगट्ने सक्ने क्षमता रहेको बताएका छन् ।
यस्तै प्रशिक्षक लोपेटेगीले गेटाफेविरुद्ध फरक रणनीतिको साथ मैदान उत्रने बताए । उनले यो सिजन टोलीका लागि निकै चुनौतिपूर्ण रहेको तर उपाधि जित्ने लक्ष्य लिएको समेत बताए ।
पोर्चुगिज स्टार रोनाल्डो यसै सिजन इटालियन क्लब युभेन्ट्स गएका छन् । रोनाल्डोले इटालियन सिरी ए फुटबलमा डेब्यु समेत गरिसकेका छन् ।
यता, रोनाल्डो नहुदा रियलले समत खराब प्रदर्शन गरिरहेको छ । गत बुधबार भएको युइएफए सुपर कपको फाइनलमा समेत रियल पराजित भएको थियो । रोनाल्डोबिनाको रियललाई डर्बी क्लब एट्लेटिको मड्रिडले ४ – २ गोल अन्तरले हराएको थियो । सुपर कपमा पराजित भएपछि प्रशिक्षक लोपेटेगीले आलोचना खेप्नु परेको थियो ।