एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेष्ट करियरको २३ औं शतक पुरा गर्न ३ रनले चुकेका छन् ।
घरेलु टोली इंग्ल्यान्डविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङसमा शतकको नजिक पुगेर कोहली चुकेका हुन् ।
इंग्ल्यान्डको नोटिङघममा शनिबार सुरु दोस्रो टेष्टको पहिलो दिन कोहली ९७ रन बनाएर पेभेलियन फर्किए । कोहलीले १५२ बल खेल्दै ११ चौका प्रहार गरेका थिए । पाँचौ विकेटको रुपमा कोहलीलाई आदील राशिदले पेभेलियन फर्काए ।
कोहली शतक बनाउन चुकेपनि भारतले टेष्टको पहिलो दिनको समाप्तिसम्म ६ विकेट गुमाएर ३०७ रन जोडेको छ । भारतका लागि अजिन्का रहाणेले ८१ रन बनाए । उनले कप्तान कोहलीसंग चौथो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए ।
यस्तै शिखर धवनले ३५, लोकेस राहुल २३ रनमा आउट हुँदा रिशाब पन्त २२ रनमा अविजित रहे । त्यस्तै भारतका हार्दिक पाण्डयाले १८ रन जोडे भने चेतेश्वर पुजाराले १४ रन बनाए ।
इंग्ल्यान्डका क्रिस वोक्सले ३ तथा आदिल राशिद, स्टुवार्ड ब्रोड र जेम्स एन्डरसनले १/१ विकेट लिए ।
भारतविरुद्ध एक विकेट लिएसंगै इंग्ल्यान्डका एन्डरसनले आफ्नो टेष्ट करियरमा १०० औं विकेट लिन सफल भएका छन् ।