एजेन्सी । लण्डन डर्बीमा चेल्सीले आर्सनललाई ३-२ गोल अन्तरले हराएको छ । गए राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलीले जित निकालेको हो ।
खेलको ९ औ मिनेटमा पेड्रोको गोलमार्फत चेल्सीले अग्रता बनाएको थियो । एलान्सोको उत्कृष्ट क्रसमा पेड्रोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
अल्भारो मोराटाले २० औ मिनेटमा चेल्सीको अग्रतालाई दोब्बर पारेका थिए ।
तर, चार मिनेटको अन्तरमा दुई गोल गर्दै आर्सनल खेलमा फर्किएको थियो । हेनरिक मिखीटेरीयनले ३७ औ मिनेटमा गोल गर्दै आर्सनललाई २-१ को स्थितीमा पु¥याएका थिए । उनैको पासमा ४१ औ मिनेटमा एलेक्स ओबीले गोल गर्दै खेल बराबरीमा ल्याए ।
६१ औ मिनेटमा बेल्जियमका स्टार इडेन हजार्ड मैदान छिरेपछि चेल्सीले खेलमा पकड बनायो । उनै हजार्डको पासमा ८१ औ मिनेटमा मार्कोस एलोन्सोले गोल गर्दै चेल्सीलाई महत्वपुर्ण तीन अंक दिलाए ।
चेल्सीले सुरुवाती दुई खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा साविक विजेता म्यान्चेष्टर सिटीसंग हारेको आर्सनल २ खेलबाट अंक विहिन छ ।