काठमाडौं । भुटानमा जारी साफ यू-१५ महिला फुटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा भुटानसंग पेनाल्टी सुटआउटमा ४ - ३ ले पराजित हुँदै नेपाल चौथो भएको हो ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट २ - २ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा भुटानले नेपाललाई स्तब्ध बनायो ।
पेनाल्टी सुटआउटमा भुटानकी गोलकिपरले नेपालको दुई प्रहार बचाईन् । यसअघि भएको खेलको तेस्रो मिनेटमा देकी याङदोङको गोलमार्फत भुटानले अग्रता लिएको थियो ।
४८ र ५५ मिनेटमा दुई गोल गर्दै नेपालकी चन्द्रा भण्डारीले खेललाई २–१ के स्थितीमा पु¥याएकी थिईन् । तर खेलको ६६ औ मिनेटमा एसी बिदाले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिईन् ।
पेनाल्टी सुटआउटमा नेपालकी सरस्वती हमाल, प्रीति राई, सलोनी रानामगरले गोल गरेकी थिईन् ।
बिहिबार भएको सेमिफाइनलमा भारतसंग २ - १ गोल अन्तरले पराजित भएपछि नेपालको उपाधि यात्रा समाप्त भएको थियो ।
यस्तै भुटान साबिकको बिजेता बंगलादेशसंग ५ - ० ले पराजित भएको थियो ।
प्रतियोगिताको फाइनलमा आजै बंगलादेश र भारतले खेल्ने छन् । फाइनल पुगेको दुई टोली प्रतियाेगितामा अहिलेसम्म अपराजित छन् ।