काठमाडौं । भुटानमा जारी साफ यू-१५ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानको लागि नेपालले अहिले घरेलु टोलीको सामना गरिरहेको छ ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा जारी खेलको पहिलो हाफमा नेपाल भुटानसंग १ - ० ले पछाडी परेको छ । आयोजक भुटानसँगको खेलमा नेपाल पहिलो हाफको दोस्रो मिनेटमै पछि परेको हो । डेकी योङडनको गोलमा नेपाल पहिलो हाफमा पछि परेको हो ।
बिहिबार भएको सेमिफाइनलमा भारतसंग २ - १ गोल अन्तरले पराजित भएपछि नेपालको उपाधि यात्रा समाप्त भएको थियो । यस्तै भुटान साबिकको बिजेता बंगलादेशसंग ५ - ० ले पराजित भएको थियो ।