एजेन्सी । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई कप्तानी पद निकै फापेको छ । सिजनको सुरुवातमै क्लबलाई दुई उपाधि दिलाएपछि मेस्सीको कप्तानी बार्सिलोनाको लागि फलिफाप बन्ने देखिएको छ ।
लिजेण्ड तथा कप्तान आन्द्रेस इनिएस्टाले क्लब छाडेपछि कप्तान बनेका मेस्सीले सिजनको सुरुवातमा बार्सिलोनालाई सुपर कप र जोन गेम्पर ट्रफी जिताएका छन् । लामो समय बार्सिलोनामा बिताएका लिजेण्ड इनिएस्टा यो सिजन जापानिज क्लबसंग आबद्द भएका छन् ।
विश्वकै ठुला क्लब मानिने बार्सिलोनाले गत सिजन ला लिगा र कोपा डेल रेको उपाधि जितेको थियो । मेस्सीको कप्तानीमा रहेको बार्सिलोना यो सिजन पनि ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जित्न चाहन्छ ।
कप्तान मेस्सीले पनि आफ्नो कप्तानीमा क्लबलाई ठूला ट्रफीहरु जिताउन कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
बार्सिलोनाले शनिबार राति डिपोर्टीभो अलाभेससंग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ ।
बार्सिलोनाले घरेलु मैदानमा अलाभेसविरुद्ध खेल्दै सिजनको सुरुवात गर्नेछ ।