काठमाडौं । भुटानमा जारी साफ यू-१५ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानको लागि नेपालले अहिले घरेलु टोलीको सामना गरिरहेको छ ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल र भुटानबीचको खेल केहीबेर अघि सुरु भएको छ । भुटानविरुद्ध मैदान उत्रदा नेपाल कम्तिमा कास्य जित्न चाहन्छ । यता, भुटान पनि नेपाललाई हराएर तेस्रो स्थान सुरक्षित बनाउन चाहन्छ ।
बिहिबार भएको सेमिफाइनलमा भारतसंग २ - १ गोल अन्तरले पराजित भएपछि नेपालको उपाधि यात्रा समाप्त भएको थियो । यस्तै भुटान साबिकको बिजेता बंगलादेशसंग ५ - ० ले पराजित भएको थियो ।
प्रतियोगिताको फाइनलमा आजै बंगलादेश र भारतले खेल्ने छन् । प्रतियोगितामा फाइनल पुगेको दुई टोली बंगलादेश र भारत अपराजित रहेका छन् ।