एजेन्सी । साबिकको बिजेता बार्सिलोनाले शनिबार राति डिपोर्टीभो अलाभेससंग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ ।
बार्सिलोनाले घरेलु मैदानमा अलाभेसविरुद्ध खेल्दै सिजनको सुरुवात गर्नेछ ।
नाउक्याम्पमा बार्सिलोना लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रदै छन् । बार्सिलोना र अलाभेसबीचको खेल आज राति नेपाली समयअनुसार २ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा अलाभेसविरुद्ध मैदान उत्रदा बार्सिलोना सिजनको पहिलो जित हात पार्ने दाउमा हुनेछ । यता, अलाभेस पनि बार्सिलोनाविरुद्ध अंक खोस्न चाहन्छ ।
बार्सिलोनाले अहिलेसम्म २५ पटक ला लिगाको उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएको छ । बार्सिलोनाको चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडले भने ३३ पटक उपाधि जितेको छ ।
शुक्रबारबाट सुरु भएको ला लिगाको नयाँ सिजनको उद्घाटन खेलमा जिरोना र रियल भाल्लाडोलिडले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । यस्तै लेभान्टेले भने विजयी सुरूवात गरेको छ ।