एजेन्सी । महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने भएका छन् ।
मेलबर्न क्रिकेट मैदानमा हुने खेल आगामी शनिबार हुनेछ ।
बर्षाले प्रभावित दोस्रो सेमिफाईनलमा अष्ट्रेलियाले डीएलएस पद्धतीका आधारमा दक्षिण अफ्रिकालाई ५ रनले पराजित गर्दै विश्वकपको फाईनलमा स्थान बनाएको हो ।
चार पटकको च्याम्पियन अष्ट्रेलियाले छैटौ पटक विश्वकपको फाईनलमा स्थान बनाएको हो ।
दोस्रो सेमिफाईनलमा दक्षिण अफ्रिकाले टस जितेर अष्ट्रेलियालाई पहिला ब्याटिङको निम्तो दिएको थियो । जसमा पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।
बर्षाका कारण छोट्याईएको खेलमा दक्षिण अफ्रिकालाई १३ ओभरमा ९८ रनको लक्ष्य निर्धारण गरिएको थियो । जसमा दक्षिण अफ्रिकाले १३ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो ।
यसअघि भारत खेलनै नखेली फाईनल प्रवेश गरेको थियो । भारत र ईङ्ल्याण्डबीच पहिलो सेमिफाईनलको खेल तय थियो । तर बर्षाले खेल प्रभावित बन्यो । आईसीसीले सेमिफाईनल र फाईनलका लागि कुनै रिजर्व डे राखेको थिएन ।
भारत पहिलो पटक महिला विश्वकपको फाईनल प्रवेश गरेको हो ।
सोही कारण भारत सिधै फाईनल प्रवेश गर्यो । कारण समूह चरणमा भारतले सबै खेलमा जित निकाल्दै अंक तालिकामा शीष स्थानमा रहँदै नकआउट चरण प्रवेश गरेको थियो ।