काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट सिनियर छनोट प्रतियोगितामा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) र नेक्सस क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् ।
मुलपानी क्रिकेट मैदानमा बिहिबार भएको खेलमा केसीटीसीले एन्जल्स स्पोर्ट्स एकेडेमी तथा नेक्ससले पुष्पलाल स्पोर्ट्स क्लबलाई पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
पहिलो खेलमा केसीटीसीले एन्जल्स स्पोर्ट्स एकेडेमीलाई २० रनले पराजित गर्यो । १ सय ५१ रनको लक्ष्य पछाएको एन्जल्स निर्धारित ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ३० रन बनायो ।
एन्जल्सका अजय कौशिलाले सर्वाधिक ७४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अंकित न्यौपानेले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
केसीटीसीका उज्वल थापाले ६ विकेट हात पारे । यस्तै विकल्प आचार्य र महुल श्रेष्ठले समान १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केसीटीसीले २१ ओभर १ बलमा अल आउट हुँदै १ सय ५० रन बनाएको थियो । उसका बिबेक न्यौपानेले सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै उज्वल थापाले १५, गौरब पौडेल र सुरज थापाले समान १३/१३ रनको योगदान गरे ।
एन्जल्सका युबराज खत्रीले ५ तथा अंकित र दिबेस कंडेलले सानाम २/२ विकेट लिए ।
यस्तै दोस्रो खेलमा नेक्ससले पुष्पलाल स्पोर्ट्स क्लबलाई १ सय २० रनको फराकिलो अन्तरले पराजित गर्यो ।
२ सय ७ रनको फराकिलो लक्ष्य पछाएको पुष्पलाल २१ ओभर ४ बलमा ८६ रन बनाउँदा अल आउट भयो । उसका रोशन शर्माले ३४ रन बनाउँदा सुसन बुदाठोकीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
नेक्ससका रोम बास्तोलाले ४ तथा सम्भब श्रेष्ठले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले २५ ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । उसको फराकिलो स्कोरमा बिपिन बिक्रम शाहीले ९८ रन बनाए । यस्तै राज बिर तामाङले अविजित २४, उताम थापा मगरले २१, सम्भव श्रेष्ठले अविजित १९, सनोज केसीले १३ तथा प्रियान्सु श्रेष्ठले १० रनको योगदान गरे ।
पुष्पलालका मुक्ति न्यौपानेले २ तथा रोशन शर्मा र जनक छेत्रीले समान १/१ विकेट लिए ।
दुई खेलमा दुई हार ब्यहोरेको पुष्पलाल र एन्जल्स प्रतियोगिताबाट बाहिरिएका छन् ।