एजेन्सी । अष्ट्रेलियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलिया र भारत भिड्ने भएका छन् ।
बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
निकै रोमाञ्चक खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ रनले पराजित गर्यो । सिड्नीमा खराब मौषमका कारण दोस्रो इनिङ्स १३ ओभरमा छोट्टाएइको थियो ।
डीएल पद्दतिबाट १३ ओभरमा ९८ रन को लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ५ विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो । उसका लौरा वोल्भार्ड्टले अरिजित ४१ रन को सर्वाधिक इनिङ्स खेले पनि जित दिलाउन सकिनन् ।
यस्तै सुने लुसले २१, डान भान निकीर्कले १२ तथा लिजेल लिले १० रनको योगदान गरिन् ।
अष्ट्रेलियाकी मेगान स्चुटले २ विकेट लिइन् ।
यसअघि पहिले ब्याटिङ अग्रेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । उसका कप्तान मेग लेनिङले सर्वाधिक ४९ रनको अविजित इनिङ खेलिन् । यस्तै बेथ मोनीले २८ तथा एल्सा हेलीए १८ रन जोडिन् ।
दक्षिण अफ्रिकाको लागि क्लेर्कले ३ विकेट हात पारिन् ।
यस्तै पहिलो सेमिफाइनल वर्षका कारण खेल सुरु हुन् नसक्दा भारत फाइनल पुगेको छ । समूह चरणमा इंग्ल्याण्डले भन्दा राम्रो नतिजा हात पारेको कारण भारतले पहिलो पटक महिला विश्वकपमा स्थान बनाउन सफल भएको हो ।
फाइनल खेल मेलबर्नमा मार्च ७ मा हुनेछ ।