एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लेभान्टेले विजयी सुरुवात गरेको छ । ला लिगा अन्तर्गत शुक्रबार राति भएको नयाँ सिजनको दोस्रो लेभान्टेले रियल बेटीसलाई ३ – ० ले हराएको हो ।
लेभान्टेले रियल बेटीसलाई उसैको मैदानमा हराएर सिजनको सुखद सुरुवात गरेको हो । लेभान्टेको सहज जितमा जोसे लुइस मोरालेसले दुई गोल गरे । यस्तै रोजरले एक गोल थपेका थिए ।
जितसंगै लेभान्टे सिजनको पहिलो खेलमा ३ अंक जोडेको छ । रियल बेटीसले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
ला लिगाको नयाँ सिजनको उद्घाटन खेल भने बराबरीमा सकिएको छ । उद्घाटन खेलमा जिरुना र रियल भाल्लाडोलिडले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
ला लिगामा गत बर्षको च्याम्पियन बार्सिलोनाले आइतबार राति डिपोर्टीभो अलाभेससंग खेल्दै सिजनको सुरुवात गर्नेछ । यस्तै रियल मड्रिडको खेल सोमबार राति रहेको छ ।